कसैले रोकेर रोकिदैन चुनाव

चुनाव यतीवेलको परिस्थितीमा उब्जिएको एउटा निकै संवेदनशिल कुरा हो । यसले केवल विकास वा अन्य कुनै केही गर्ने भन्नेतर्फको प्रश्न गर्नु बेकार हुन जान्छ किनकी यो संविधान सभाको दोस्रो चुनाव हो यसपछिका दिनहरुमा पनि संविधान सभाको चुनाव भन्दै नेताहरुले भजन गाउँदै हिड्न थालेपछि जनताहरुले उनीहरुलाई कालोमसो लगाउन समेत पछि नपर्ने अवस्था सृजना हुन सक्छ ।
चुनाव संविधान सभाको लागि हुँदैछ तर यस्तो वेलामा समेत विकासका नाराहरु बोकेर गाउँका जनताहरुलाई आवश्वासन दिनुपर्ने अवस्था समेत सृजना भएको देखिएको छ ।
किनकी गाउँमा भएको गरिवी वेरोजगारी लगायतका अन्य विभिन्न समस्याहरुकै कारण जनताहरुले अहिलेको संविधान सभाको चुनावलाई आफ्नो वा नेपाली आम जनसमुदायहरुको भाग्य र भविष्य निर्माण गर्ने महत्वपुर्ण कडी हो भन्नेवारे बल्ल बल्ल बुझ्न थालेका छन् ।
त्यसैले चुनाव जस्तो महत्वपुर्ण विषय त्यो पनि संविधान सभाको चुनाव भएकोले पनि यसलाई सफल पार्न सवै एकजुट हुनुपर्ने देखिएको छ । किनकी संविधान वनाउने कुरामा नेपाली जनताहरु चुकेभने यसले पक्कै पनि नेपाल र नेपालीहरुको भाग्य निर्माणमा निकै ठूलो असहजता पैदा गर्ने संभावना देखिएको छ त्यसैले पनि यो चुनाव       जसरी भएपनि सम्पन्न गर्नुपर्छ । चुनावका लागि अव जनताहरु तातिसकेका छन् कसैले रोकेर चुनाव रोकिने अवस्थामा छैन् । अम दैलेखी जनसमुदायहरुले पनि मतदानका लागि तयारी गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार